एनएमबि बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युत आयोजना बन्ने

काठमाडौं । एनएमबि बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र मोदी जलविद्युत कम्पनीबीच सम्झौता भएको छ । ४२ मेगावाट क्षमताको कास्की जिल्ला, अन्नपुर्ण गाउँपालिकामा अवस्थित माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न शर्त–समझदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको हो ।
माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैंक लि.को अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको छ । मोदी जलविद्युत कम्पनी लि. को मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहने छ । माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । उक्त पत्रिकाद्वारा एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरी सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।