रसुवागढी हाइड्रोपावरले बोर्डबाट पायो आईपीओ निष्काशनको अनुमति « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

रसुवागढी हाइड्रोपावरले बोर्डबाट पायो आईपीओ निष्काशनको अनुमति



काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडलाई आइपीओ बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कुल ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको हो । अनुमति पाएसँगैं कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्