शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि बरुण हाइड्रोपावरले पायो बोर्डबाट अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट एक कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएको छ । बरुण हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डबाट स्वीकृति पाएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि असार १५ गते स्वीकृति पाएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।