मध्य दरमखोला ‘ए’ र ‘बि’ जलविधुत आयोजनामा प्रभु र सेञ्चुरी बैंकले १ अर्ब लगानी « Arthapath.com
२३ भाद्र २०७९, बिहीबार

मध्य दरमखोला ‘ए’ र ‘बि’ जलविधुत आयोजनामा प्रभु र सेञ्चुरी बैंकले १ अर्ब लगानी



काठमाडौं । बागलुङको गलकोटमा निर्माणधिन मध्य दरमखोला ‘ए’ (३ मेगावाट) र ‘वि’ (४.५ मेगावाट) जलविधुत आयोजनालाई प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले लगानी गर्ने भएका छन् ।

मध्य दरमखोला ‘ए’ प्रवर्धक कम्पनी ह्वाईटगोल्ड मल्टी इनर्जी प्रा.लि. र मध्यदरम खोला ‘वि’ प्रवर्धक कम्पनी माइलस्टोन हाइड्रोपावर प्रा.लि. तथा प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबिच लगानी सम्झौता भएको छ ।

लगानी सम्झौतामा कम्पनीको तर्फबाट ह्वाईटगोल्डका अध्यक्ष हेम बहादुर खत्री र माइलस्टोनका अध्यक्ष शिव गिरीले तथा प्रभु बैंकको तर्फबाट चिफ विजनेस अफिसर रेणु प्रसाद पाँण्डे र सेञ्चुरी कमर्सियल बैंकको तर्फबाट चिफ क्रेडिट अफिसर राजेश भण्डारीलेले हस्ताक्षर गरेका छन् ।

मध्य दरमखोला ‘ए’ साना जलविद्युत आयोजना ३ मेगावाट र मध्य दरमखोला ‘वि’ साना जलविद्युत आयोजना ४.५ मेगावाट दुई बर्षभित्रमा विधुत उत्पादन गर्ने गरी कार्य समपन्न लगानी सम्झौता भएको हो ।

मध्य दरमखोला ‘ए’ जलविधुत आयोजना समपन्न गर्न ६७ करोड रुपैयाँ र मध्य दरमखोला ‘वि’ जलविधुत आयोजना समपन्न गर्न साढे ९४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

त्यसमध्ये दुई बैंकले १ अर्ब लगानी गर्नेछन् । दुवै कम्पनीमा स्वपुँजी ६४ करोड ७३ लाख लगानी हुनेछ । स्वपुँजी प्रवर्धक र स्थानीयले जुटाउने छन् ।


प्रतिक्रिया दिनुहोस्