अपर तामाकोशी हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बोर्डमा दियो आवेदन « Arthapath.com
२३ फाल्गुन २०७९, मंगलवार

अपर तामाकोशी हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १ः१ अनुपातमा अर्थात् चुक्तापूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति माग गर्दै फागुन १८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्