नेप्सेमा माईखोला हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेञ्च कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पाीको अइपीओ सूचीकृत भएको छ । सोमबार माई खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।
कम्पनीको ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई निष्काशन भएको आइपीओ सूचीकृत गरेको छ ।
नेप्सेमा कम्पनीको ओपन रेञ्च १११ रुपैयाँ ६७ पैसा देखि ३३५ रुपैयाँ १ पैसा रहेको छ । कम्पनीको सिम्बोल (MKHL) रहेको छ ।
