नेप्सेमा एक कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार अरुण काबेली पावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको १० प्रतिशत बोनस बापत १८ लाख ५५ हजार २११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।