सिनर्जी पावरको हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
५ असार २०८२, बिहीबार

सिनर्जी पावरको हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासन गरेको छ । कम्पनीको हकप्रदमा आज अर्थात भदौ ३ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेको हो ।

कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसेको छ । सो आधारमा साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्