सुपरमाई हाइड्रोपावरले असोज २६ गते बोलायो साधारण सभा, के के छन् एजेण्डा ? « Arthapath.com
४ आश्विन २०८०, बिहीबार

सुपरमाई हाइड्रोपावरले असोज २६ गते बोलायो साधारण सभा, के के छन् एजेण्डा ?



काठमाडौं । सुपरमाई हाइड्रोपावरले लिमिटेडले वार्षिक साधारण सभा असोज २६ गतेका लागि बोलाएको छ । सभा लिसरा रिसेप्सन नक्साल, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०।०८१ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ती अनुमोदन र प्रबन्धपत्रको दफ ६ (ङ) मा भएको व्यवस्था खारेज गर्ने विषय समेत सभाको कार्यसूचीमा समावेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्