जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने « Arthapath.com
११ आश्विन २०८०, बिहीबार

जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस अघि स्थगित आठौं वार्षिक साधारण सभा असोज १९ गतेको लागि बोलाएको छ । यस अघि भदौ ३१ गते बोलाईएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.६५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा बनाएको छ । कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूची रहेको छ ।

कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।

साथै, संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना संचालकहरुको निर्वाचन गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गरी सकेको छ ।


प्रतिक्रिया दिनुहोस्