श्वेतगंगा हाइड्रोपावरले बोलायो साधारण सभा, सेयरधनीहरुको हात रित्तो « Arthapath.com
५ मंसिर २०८०, मंगलवार

श्वेतगंगा हाइड्रोपावरले बोलायो साधारण सभा, सेयरधनीहरुको हात रित्तो



काठमाडौँ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले मंसिर २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा कुण्डलिनि दरबार ब्यांकेट चण्डोल, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले यस वर्ष सेयरधनीको हात रित्तो गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनुका साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्