चम्पावती हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने « Arthapath.com
१५ मंसिर २०८०, शुक्रबार

चम्पावती हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने



काठमाडौँ । चम्पावती हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि पुष ७ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।

त्यस्तै, सभामा चालु आर्थिक वर्षको लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत समावेश भएको छ ।


प्रतिक्रिया दिनुहोस्