हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं ।हिमालयन हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत अर्थात् १:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको हो । कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीले लगानीकर्तालाई मुनाफा वितरण गर्नको लागि बैंकको कर्जा घटाउनु पर्ने भएको र सो प्रयोजनको लागि हकप्रद निष्काशन गर्न लागेको जनाएको छ ।
यसका लागि कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन आयोग समक्ष पूर्व स्वीकृतिको लागि निवेदन गर्ने निर्णय पनि गरेको छ।