बुटवल पावरको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी « Arthapath.com
२९ बैशाख २०८२, सोमबार

बुटवल पावरको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बुटवल पावर कम्पनीको नाफा सामान्य बढेको छ । यो अवधिसम्म कम्पनीको नाफा १६.७८ प्रतिशतले बढेर २१ करोड २ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस कम्पनीले १८ करोड रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो।

कम्पनीको विद्युत बिक्री आम्दानी २.७६ प्रतिशत बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन आम्दानी ५४ करोड ३७ लाखबाट बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । यता, अन्य आम्दानी ६ करोड ४४ लाखबाट बढेर ६ करोड ९१ लाख पुगेको छ ।

वित्तीय खर्च ९३ लाख ३६ हजारबाट घटेर ६१ लाख ४० हजार कायम भएको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १८ पैसा बढेर ८ रुपैयाँ २३ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.४७ गुणा रहेको छ।

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्