२० भदौ २०८३, शनिबार

लिखु गाउँपालिकाका उपाध्यक्षलाई कोभिड–१९ संक्रमण पुष्टि



काठमाडौं । ओखलढुंगामा पहिलोटक जनप्रतिनीधिलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न र सङ्क्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएका थिए ।

गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र नतिजा पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । उपाध्यक्ष ढुङ्गेल स्वास्थ्यावस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेको बताइएको छ ।