बैंक अफ काठमान्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बैंक अफ काठमान्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २४ गतेदेखि १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रति इकाई १ हजार रुपैयाँ दरमा १६ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।
जसमध्ये ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागि खुला गरेको हो । बाँकी ९ लाख ६० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ ।
बैंकले १० वर्ष अवधिको ‘बीओके डिबेन्चर–२०८६’ जारी गरेको हो । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ रहेको छ ।













