‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच भयो सम्झौता
काठमाडौं । डिजिटल बैंकिङ्ग क्षेत्रमा देशको अग्रणी बैंकको रुपमा स्थापित भई गतिशील बैंकिङ्गको अभ्यास गर्दै आईरहेको एनआईसी एशिया बैंकले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ ।
यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा NCHL का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन ।
बैंकले आफ्ना सम्पूर्ण संस्थागत ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहकहरूले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नुहुनेछ । उक्त प्रणाली मार्फत connect IPS jf NCHL-IPS भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको छ ।
बैंक मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू ४७० एटिएम ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।











