शाइन रेसुङ्गा बैंकले १३ प्रतिशत बोनस दिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शाइन रेसुङ्गा बैंकले १३ प्रतिशत बोनस दिने



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको पुस ३ गते शुक्रबार सम्पन्न २२५ औं बैठकले बैंकको हाल कायम चुक्ता पूँजी ३ अर्ब १ करोड ६३ लाख रुपैयाँको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार बैंकले ३९ करोड २१ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथम बैंकको बाह्रौं वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भार्गव तथा पुर्णिमा विकास बैंकलाई २०७६ असोाज २७ गतेदेखि १०० बराबर ९५ अनुपातमा प्राप्ती गरेर एकीकृत कारोबार थालेको थियो । यसअनुसार एकिकृत कारोबारभन्दा पहिला शेयर धारण गर्ने शेयरधनीले बोनसमा लाग्ने कर छुट पाउनेछन् भने एकिकृत कारोबारभन्दा पछि शेयर खरीद गर्ने लगानीकर्ताले भने बोनसमा लाग्ने कर आफैँ तिर्नुपर्ने बैंकले जनाएको छ । बोनस वितरणपछि शाइन रेसुङ्गाको चुक्ता पूँजी ३ अर्ब ४० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्