श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १०.५३ प्रतिशत लाभांश दिने
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले आफ्ना शेयरधनीलाई ७.३७ प्रतिशतका दरले हुन आउने ६ करोड १० लाख ९९ हजार ८७९ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर तथा ३.१६ प्रतिशतका दरले २ करोड ६१ लाख ९७ हजार ५०६ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश आगामी पुस २९ गते हुने फाइनान्सको २६ औँ वार्षिक साधारण सभामा पेश गरिने जनाएको छ ।














