मञ्जुश्री फाइनान्सको २३.५० प्रतिशत लाभांश पारित
काठमाडौं । मञ्जुश्री फाइनान्सको १३ औंं वार्षिक साधारण सभाले २३.५० प्रतिशत लाभांश पारित गरेको छ । पौष २९ गते सम्पन्न साधारण सभाले १८ प्रतिशत बोनस शेयर र कर सहित ५.५ प्रतिशत नगद लाभांश पारित गरेको हो । बोनस शेयर वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी ९६ करोड ५३ लाख पुगेको हो ।
त्यस्तै, साधाणसभाबाट संस्थापक समूहका शेयरधनिहरुका तर्फबाट सञ्चालक पदमा यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिल मान सिंह चन्दलाई चयन गरेको छ । साधारणसभापश्चात सम्पन्न सञ्चालक समिति बैठकले इन्दिरा पन्डित घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।














