प्रतिबन्धित जडीबुटी पाँचऔंलेसहित पक्राउ
काठमाडौं । प्रतिबन्धित जडिबुटी पाँच औंलेसहित एक जना पक्राउ परेका छन । उनलाई काठमाडौं महानगरपालिका ३ महाराजगंजबाट ७ केजी प्रतिबन्धित वन पैदावार पाँचऔंले जडिबुटीसहित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका २ बस्ने ३१ वर्षीय सागर दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रतिबन्धित वन पैदावर जडिबुटी अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले दाहाललाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौ पठाइएको प्रहरीले जानकारी दिएको छ ।















