हिमालयन बैंकले इस्टर्न एजेन्सीका ग्राहकहरुलाई सहुलियत दरमा सवारी कर्जा दिने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रा. लि. का ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंक र सो कम्पनी बिच यस सम्बन्धी सम्झौतापत्रमा माघ ९ गते हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गर्नुभएको छ। हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ ।











