महालक्ष्मी लाइफले डाक्यो साधारणसभा
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले तेस्रो साधारण सभा फागुन ३ गते डाकेको छ ।
कम्पनिको साधरण सभा होटल रयाडिसनमा फागुन ३ गते हुने छ । सभाले कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ५ जना संचालकको निर्वाचन र आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तैगरि आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदनमाथि छलफल, आय व्यय हिसाब, नाफा नोक्सान, उक्त समयको नगद प्रवाह विवरण पनि स्वीकृत गर्ने कम्पनिले जनाएको छ ।












