७९१४ जनामा कोरोना संक्रमण, ७६६४ जना कोरोना संक्रमणमुक्त भए
काठमाडौं । आइतबार थप ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ हजार ९ सय १४ जनमा संक्रमण देखिएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने १ सय ९३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन ।
थप भएका संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना रहेको मन्त्रालयले जनाएको छ ।













