नेपाल फाइनान्स र ललितपुर फाइनान्सको संयुक्त कारोबार आइतबारदेखि हुँदै
काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सको संयुक्त कारोबार आज (असार २७ गते, आइतबार) देखि हुँदैछ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेसँगै दुवै कम्पनीको आज (असार २७ गते) देखि एकीकृत कारोबार शुरु हुने भएको हो ।
दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारले असार १८ गते गाभ्न स्वीकृति दिएको हो । प्राप्तिपछि दुवै फाइनान्स गाभिएर बनेको संस्थाको नाम नेपाल फाइनान्स लिमिटेड नै रहनेछ ।
ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने लगानीकर्ताले नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । प्राप्ति प्रक्रियामा रहेकाले ललितपुरको सेयर कारोबार रोक्का नै रहेको छ । दुवै संस्थाले गत पुस २३ गते प्राप्ति सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । गत जेठ २८ गते दुवै फाइनान्सको विशेष साधारणसभाले प्राप्ति प्रक्रियालाई पारित गरेको थियो ।













