नेप्सेमा राष्ट्र बैंकको ५० अर्बको ऋणपत्रसहित १० लाख ५६ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल राष्ट्र बैंक र प्रभु इन्स्योरेन्सका सेयर सूचीकृत भएको छ । राष्ट्र बैंकले बिक्री गरेको ५० अर्बको ऋणपत्र र प्रभु इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
प्रभु इन्स्योरेन्स कम्पनीको १० लाख ५६ हजार २७४.८४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत अर्थात १० करोड ६५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।५३ प्रतिशत नगद लाभांश गरी १०.५६ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त बोनस शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको विभिन्न ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । जसमध्ये, २०८४ ‘घ’ को १० अर्ब, २०८३ ‘ग’ को १० अर्ब, २०८४ ‘ङ’ को १० अर्ब, २०८५ ‘घ’ को १० अर्ब र २०८५ ‘ङ’ को १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।














