डिम्याट खाताको आधारमा देशकै एक नम्बर बन्यो एनआईसी एशिया क्यापिटल
काठमाडौं । एनआईसी एशिया क्यापिटल डिम्याट खाता संख्याको आधारमा देशकै अग्रणी संस्था बनेको कम्पनीले दाबी गरेको छ । आफूसँग गएको असार मसान्तसम्म ४ लाख ७ हजारभन्दा बढी डिम्याट खाता रहेको कम्पनीले जनाएको छ
गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै कम्पनीले यस्तो दाबी पेश गरेको हो । उसले नेपालको जुनसुकै भू–भागबाट अनलाईन मार्फत आवेदन दिएर १ घण्टाभित्रै निःशुल्क डिम्याट खाता खोल्न सक्ने व्यवस्था लागू गरेको बताएको छ ।
क्यापिटलले हालसम्म ४ वटा सामुहिक लगानी कोष योजनाहरु जारी गरेको छ । थप १ अर्ब रुपैयाँको बन्दमुखी योजना ‘एनआईसी एशिया फेलेक्सी क्याप फण्ड’ नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको प्रक्रियामा छ ।
यसअघि सञ्चालनमा आएका एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोश्रो वर्ष १२ प्रतिशत लाभांश दिएको थियो । ब्यालेन्सड्फण्डले भने पहिलो वर्ष ८ प्रतिशत लाभांश दिएको छ ।
गगत आर्थिक वर्षको अन्त्यमा एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पत्ति मूल्य (न्याभ) १८.७२ र एनआईसी एशिया ब्यालेन्सड्फण्डको न्याभ १७.२७ रहेको कम्पनीले जनाएको छ । पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’को न्याभ भने ११.२६ रुपैयाँ छ ।
क्यापिटलले ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने नाराका साथ ग्राहकमुखी योजनाहरू मार्फत् ४५६ जना ग्राहकबाट रु. १ अर्ब १२ करोड रकम संकलन गरेर लगानी व्यवस्थापन सेवा दिइरहेको बताएको छ।













