७ श्रावण २०८३, बिहिबार

नेप्सेमा फेरि बन्यो नयाँ रेकर्ड, ऐतिहासिक उच्च बिन्दुमा पुगेर कारोबारमा उछाल



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मो नयाँ रकेर्ड कायम भएको छ । राजनीतिक उतारचढावले नेप्सेमा पनि उतारचढाव आइरहेको छ । कहिले घट्ने कहिले बढ्ने भैरहेको नेप्से साताको पहिलो दिन भने नयाँ रकेर्ड कायम गरेको हो । नयाँ सरकार गठन भएपछि लगानीकर्ता बजारमा आकर्षित हुन थालेका छन् । झनै अर्थमन्त्री जनार्दन शर्माले बजारमुखी अभिब्यक्ति दिएपछि पनि नेप्सेमा हरियाली छाउन थालेको हो ।

पछिल्ला केही दिनयता नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि बृद्धि हुँदै आएको छ । आइतबार नेप्से परिसूचक हालसम्म कै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो । मंगलबार अस्ति आइतरबारको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई कायम गरेको हो । सोमबार नेपाल राष्ट्र बैंकले केही सर्कुलर जारी गरेको थियो । उक्त निर्देशिकाले बजारमा केही प्रभाव पार्ने शंका गरिएको थियो तर मंगलबार नेप्सेमा उक्त कदमले कुनै प्रभाव पारेको देखिएन ।

मंगलबार नेप्से परिसूचक २९.२३ अंकले बढेर ३०७९.६६ अंकमा बन्द भएको छ । यो हालसम्म कै उच्च बिन्दु हो । यसअघि आइतबार ३०५८.६४ अंकमा बन्द भएर नयाँ र
कर्ड बनाएको थियो । तर उक्त रेकर्ड मंगलबार ब्रेक गर्दै नयाँ उचाइ कायम गरेको हो ।

मंगलबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि उछाल आएको छ । तर नयाँ रेकर्ड भने बनाउन सकेको छैन । मंगलबार २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार कित्ता सेयर १ लाख ४१ हजार पटक किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा पनि बृद्धि भैरहेकाले छिट्टै नै नयाँ उचाई कायम गर्न सक्ने सेयर विज्ञहरुले बताएका छन् ।

आइतबार बैंकिङ समूह ३.६३ अंक, ट्रेडिङ समूह २.५७ अंक, होटल तथा पर्यटन समूह १८.७७ अंक र माकइक्रो फाइनान्स समूह ११६.६६ अंकले घटेको छ ।

डेभलपमेन्ट बैंक समूह ३५.५७ अंक, फाइनान्स समूह ७ज्ञ.०१ अंक, हाइड्रो पावर समूह ११९ अंक, इन्भेष्टमेन्ट समूह ३.०५ अंक, जीवन बीमा समूह २६०.०८ अंक, म्यानुफ्याक्ट्रचरिङ समूह ६०.३४ अंक, निर्जीवन बीमा समूह १२०.२६ अंक, अन्य समूह ६०.३६ अंक र म्यचुअल फण्ड समूह ०.१३ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्