साल्ट ट्रेडिङ्गको नाफामा २४.२२ प्रतिशत ह्रास, बिक्री आम्दानी १०.४० अर्ब रुपैयाँ हुँदा प्रतिशेयर आम्दानी घट्यो
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २४.२२ प्रतिशत घटेर ४ करोड ७९ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद नाफा ६ करोड ३२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीले बिक्री आम्दानी ६.८० प्रतिशत बढेर १० अर्ब ४० करोड ३५ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले बिक्री आम्दानी ९ अर्ब ७४ करोड १५ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको कुल नाफा १.८० प्रतिशत घटेर १ अर्ब ५ करोड ७४ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले कुल नाफा १ अर्ब ७ करोड ६८ लाख ३ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेर २३ करोड ४ लाख २९ हजार रुपैयाँ र जगेडा कोष २.२७ प्रतिशत बढेर १ अर्ब ३२ करोड ८१ लाख ४१ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १४ पैसा घटेर २० रुपैयाँ ८० पैसामा सीमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ४५५ रुपेयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७३.५९ गुणा रहेको छ ।












