१०.५२ प्रतिशत लाभांश पारित गर्न अरुण भ्यालीको साधारण सभा आज हुँदै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१०.५२ प्रतिशत लाभांश पारित गर्न अरुण भ्यालीको साधारण सभा आज हुँदै



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (असोज २४ गते, आइतबार) हुँदैछ । कम्पनीको २४ औँ वार्षिक साधारण सभा होटल ल्याण्डमार्क दरबारमार्ग, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि शुरु हुँदैछ ।

कम्पनीको साभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले बोनस शेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पूँजीको १ः०.५० अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि असोज ११ गते बुकक्लोज गरेको थियो । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्