सुनको मुल्य बढ्यो, कतिमा हुदै छ कारोबार ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनको मुल्य बढ्यो, कतिमा हुदै छ कारोबार ?



काठमाडौं । सोमबार स्थीर रहेको सुनको भाउ मंगलबार तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूलय ९६ हजार २०० रुपैयाँ कायम गरिएको छ । जुन मूल्य वर्षकै महँगो मूल्य हो । सोमबार छापावाला सुन तोलाको ९५ हजार ५०० रुपैयाँ र तेजावी सुन ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसँगै चाँदीको भाउ पनि बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्