साहित्यकार ताना शर्माको निधन
काठमाडौं । साहित्यकार तारानाथ शर्माको मंगलबार बिहान घरमै निधन भएको छ । मधुमेह, उच्च रक्तचापबाट पिडित शर्माको ८७ बर्षको उमेरमा निधन भएको हो ।
२०२६ सालको मदन पुरस्कार समेत जित्न सफल शर्मा नेपाली साहित्यमा झर्राेवादी आन्दोलनका अभियान्ता समेत रहेका थिए । घनघस्याको उकालो काट्दा, बेलायततिर बरालिँदा जस्ता कृति प्रकाशन गरेका शर्माको मंगलबार १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ ।
शर्माको शवलाई घरबाट प्रतिष्ठाना नल्याई आर्यघाट लैजाने कार्यक्रम रहेको प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङले जानकारी दिए ।













