आज सुनको मुल्य घट्यो, कतिमा हुदैँछ कारोबार
काठमाडौं । सुनको मूल्य बुधबार नेपाली बजारमा १ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ हजार २०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने घटेको हो ।
छापावाला सुनको मूल्य बुधबारका लागि प्रतितोला ९५ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ कायम गरिएको छ । मंगलबार छापावाला सुन तोलाको ९६ हजार ७०० रुपैयाँ र तेजावी सुन ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुनसंगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।













