जिल्ला वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले वन अधिकृत मिश्रले रक्तचन्दनको ठेक्का मिलाई दिने भनी सेवाग्राहीबाट ७० लाख रुपैयाँ लिएको पुष्टि भएको तथा निजको छोरा नविन कुमार मिश्रले घूस बापतको रकम ४० लाख बैंक खातामा जम्मा गरी सहयोग गरेको भन्दै कसूरदारलाई हुने सजाय सरह नै सजाय माग दावी गरेको छ ।
साथै अधिकृत मिश्रलाई घूसबापत रकम उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रालि र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन आफैले २५ लाख दिएको पुष्टि भएको भन्दै अख्तियारले निज मूख्य कसूरदार सरह भएपनि हाल निजको मृत्यु भइसकेकोले घूसबापतको ७० लाख रुपैयाँ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र निजलाई प्रतिवादी कायम गर्ने मागदावी दावी लिंदै मुद्दा दायर गरेको हो ।
















