थप ६३९ जनामा कोरोना भाइरस, सङ्क्रमण ओरालो लाग्ने क्रम जारी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

थप ६३९ जनामा कोरोना भाइरस, सङ्क्रमण ओरालो लाग्ने क्रम जारी



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार २५१ संक्रिय संक्रमित छन् ।


प्रतिक्रिया दिनुहोस्