सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार
काठमाडौं । सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपियाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपियाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपियाँमा कारोबार भएको थियो । यसैगरी,बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपियाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि १० रुपियाँले घटेको छ । बुधबार एक हजार २८५ रुपियाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपियाँ निर्धारण भएको छ ।
















