थप कोरोनाबाट ६ जनाको मृत्‍यु, ५७० जनामा संक्रमण पुष्टि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

थप कोरोनाबाट ६ जनाको मृत्‍यु, ५७० जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो । ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् ।


प्रतिक्रिया दिनुहोस्