थप कोरोनाबाट ४ जनाको मृत्यु, २६२ जनामा संक्रमण पुष्टि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

थप कोरोनाबाट ४ जनाको मृत्यु, २६२ जनामा संक्रमण पुष्टि



काठमाडौं। पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्