कम्पनी वर्गीकरण गर्न २ साताभित्रै विवरण पेश गर्न नेप्सेको आग्रह - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कम्पनी वर्गीकरण गर्न २ साताभित्रै विवरण पेश गर्न नेप्सेको आग्रह



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गर्नको लागि विवरण मागेको छ । नेप्सले आइतबार सूचना जारी गर्दै सूचीकृत संगठित संस्थाहरुलाई आवश्यक विवरण बुझाउन भनेको हो ।

नेप्सेले प्रत्येक त्रैमासिक अवधिमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्दै आएको छ । सोही व्यवस्था अनुरुप दोश्रो त्रैमासिक वर्गीकरणको लागि नेप्सेले सम्बन्धित कम्पनीहरुलाई आगामी फागुन २३ गतेभित्र बुझाउन आग्रह गरेको हो ।

सूचीकृत कम्पनीहरुले नेप्सेले उपलब्ध गराएको फारमको ढाँचामा फारम भरी आगामी दुई साताभित्रमा नेप्सेमा पठाईसक्नु पर्ने हुन्छ । उनीहरुले नेप्सेको ईमेल ठेगानामा पठाउन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्