नेपाल डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना
काठमाडौं । नेपाल डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना गरेको छ । एमसिसि पास भएको बिरोधमा आठ राजनीति दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बिहान ६ बजे तोडफोड गरिएको घटनाले नेपाल डेरी एसोसिएसन दुख व्यक्त गर्दै उक्त घटनाको घोर भत्सर्ना गरेको हो ।
राज्यले उच्च महत्वका साथ दुध तथा दुग्ध पदार्थ ढुवानीलाई एम्बुलेन्स सरह मान्यता हुने गरि बिगतको १८ दिने आम हडताल होस् या कोभिड भुकम्प, सबै राजनीतिक दलका बन्द हडतालमा निर्वाध बिना रोकतोक दुध तथा दुग्ध बोकेका गाडी आवागमन गर्न दिनु पर्ने छ ।
दुग्ध क्षेत्र अति आवश्यक वस्तुको सुचीमा रहेको र विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकतोक दुवानी भैरहेकोमा यसपटक गाडी तोडफोड एवं ढुवानीमा समेत अवरोध सृजना भएकोमा नेपाल डेरी एसोसिएसन अत्यन्तै दुखित भएको छ ।
राज्यले निति नियम बनाउने तर गरिने व्यवहारमा चाहिँ त्यो अनुसार नगरिनाले अत्यन्तै समस्या पर्न गएको छ । तत्कालीन सम्माननीय प्रधानमन्त्री केपि शर्मा वलीको पालामा आम सरोकारवालाहरुले धेरै अगाडिबाट उठाएको विषय दुध तथा दुग्ध पदार्थ ढुवानीमा सहजता हुनुपर्ने कुराको महत्व बुझि ढुवानीलाई बन्द, हडताल, नाकाबन्दी, लकडाउन जस्ता समयमा सहज होस् भनि राष्ट्रिय दुग्ध विकासको नेतृत्वमा प्रतीक चिन्ह (लोगो) निर्माण भइ स्वयं प्रधानमन्त्रीले अनावरण गरि प्रयोगमा समेत ल्याइएको अवस्थामा यसरी तोडफोड हुने परिस्थिति सृजना हुनु सम्बन्धित बन्द कर्ता राजनीतिक दलका लागि पनि शोभनीय नहुनु पर्ने नेपाल डेरी एसोसिएसनका महा- सचिव प्रल्हाद दाहालले बताए ।
यसरी बन्द हडतालमा अब आइन्दा अत्यावश्यक वस्तु बोक्ने कुनै पनि सवारी साधन माथि तोडफोड नगर्न र आज तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन समेत सम्बन्धित बन्द कर्ता राजनीतिक दललाई नेपाल डेरी एसोसिएसन अनुरोध गरेको छ ।
















