समीट वुमन अफ द इयर २०२२ कार्यक्रम सम्पन्न
काठमाडौं । ओपन स्पेस नेटवर्कको आयोजना र आइएनजी ग्रुपको प्रस्तुतीमा बिहीबार ‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ । ३० वर्षभन्दा मुनिका महिला उद्यमीलाई पुरस्कृत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कानूनको पालना गर्दै दियो योजना कार्यान्वयन गरी समाजमा सकारात्मक प्रभाव पार्न सफल एक जना महिला उद्यमीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
यस्ता युवा महिला उद्यमीहरूलाई पुरस्कृत गर्नुको उद्देश्य नेपालको पितृसत्तात्मक समाजमा विद्यमान सबै अवरोध र यथास्थितिलाई चुनौती दिँदै युवा पुस्तालाई सृजनात्मक विचारका साथ व्यवसायीक नेतृत्व गर्न प्रेरित गर्नु पनि हो ।
सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारको लागि आवेदन परेको थियो । जसमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो । तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए ।
१. आङछेची शेर्पा, लुक्ला आउटडोर
२. ईशा बल्ला, सह–संस्थापक/प्रबन्ध निर्देशक– खानपिन
३. काजोल झा ठाकुर, सह–संस्थापक र प्रबन्ध निर्देशक–ग्लोकल एकेडेमी अफ स्किल्स प्रा.लि.
४. कृतिका लम्साल, को–वनर–स्वीट फिक्स
५. सजल मल्ल, द मल्ल इन्क
६. श्रेया गिरी, संस्थापक/प्रबन्ध निर्देशक –ह्याप्पीमाइन्ड्स
८. श्रेया कटुवाल, सह–संस्थापक– बिहेनेपाल
उत्कृष्ट सातमध्ये एक जना विजयीको नाम हाम्रा चार निर्णायकले छनोट गर्नुभएको हो । चार जना निर्णायकमा आईएनजी ग्रुपका संस्थापक-अध्यक्ष सुलभ बुढाथोकी, आइडीइका नेपाल कन्ट्री डाइरेक्टर कोरी ओ’हारा, एब्सोल्युट एस्थेटिक क्लिनिकका मालिक डा. श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम्का संस्थापक छाया शर्मा रहेका थिए । उनीहरुले मार्च २२ का दिन विजयीको नाम छनोट गरेका थिए । जसको घोषणा आज (मार्च ३१) का दिन सानेपास्थित हेरिटज गोर्डेनमा एक भव्य कार्यक्रमकाबीच गरिएको हो ।
‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कार स्विट फिक्सकी संस्थापक कृतिका लम्साललाई प्रदान गरिएको छ । उहाँले प्राकृतिक फलफूल र स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आएका थिए । उनले निर्माण गरेको वस्तु प्याकेज गरिएका त्यस्तै प्रकारका वस्तुको तुलनामा निकै स्वस्थ र स्वादिष्ट विकल्प बनेका छन् । उनलाई आज शालिमार ज्वेलर्सबाट एक लाख रुपैयाँ नगद र हिराको लकेटले सम्मान गरिएको छ ।
फैजा परवीन, संस्थापक–ओपन स्पेस नेटवर्क, “ओएसएनले सधैं व्यवसायिक अवसरहरू मार्फत महिलाहरूले पाउने वित्तीय स्वतन्त्रतामा विश्वास गर्छ र यस कार्यक्रमले धेरै युवा महिलाहरूलाई व्यवसायिक संसारमा नेतृत्व लिन प्रेरित गर्नेछ ।’
को कार्यक्रम तलका संघसंस्थाको सहकार्य र सहयोगमा आयोजना गरिएको हो–
शीर्ष प्रायोजकः आइएनजी ग्रुप
एयरलाइन्स साझेदारः टर्कीस् एयरलाइन्स
बैंकिङ पार्टनरः नबिल बैंक
यात्रा साझेदारः सीलिङ्क्स होलिडेज्
टु ह्विलर पार्टनरः टीभीएस
लगानी साझेदारः हर भेन्चर्स
सेलिब्रेसन पार्टनरः शालिमार ज्वेलर्स
रचनात्मक साझेदारः एभ्रिथिङ क्रिएटिभ्स
आतिथ्य साझेदारः हेरिटेज गार्डेन
सपोटेड बाईः आयोन, आइडीइ नेपाल एनवाईइएफ
रेष्टुरेन्ट पार्टनरः अगेनो एण्ड लाटोकोशेरो फुड
ओपन स्पेस नेटवर्क (ओएसएन) को बारेमाः ‘उत्पादन र उत्पादन’, ‘उत्पादन र जनता’ र ‘जनता र जनता’ बीचको खाडललाई घटाउन बनेको संस्था हो । ओएसएनले युवा उद्यमीहरूलाई उनीहरुको उत्पादन र सेवाहरूको बारेमा आदानप्रदान र अन्तरक्रिया गर्न सम्मेलन र प्रदर्शनी जस्ता ठूला स्तरका कार्यक्रमहरू सिर्जना र विकास गर्न प्रोत्साहित गर्दछ ।













