११ श्रावण २०८३, सोमबार

एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकको नयाँ ब्याजदर अनुसार विभिन्न बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकेको छ ।

यता बैंकले रेमिट्यान्स मुद्दति खातामा १२.०३ प्रतिशत ब्याज दिने छ । बैंकको नयाँ ब्याजदर अनुसार आधार दर ७.३३ प्रतिशत रहेको छ ।