११ श्रावण २०८३, सोमबार

निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ किताब नेपाली भाषामा प्रकाशन हुने



काठमाडौं । निर्मल पुर्जा अर्थात (निम्स दाई)को पुस्तक ‘बियोण्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुनेभएको छ । नेपालका ’वी रिड’ प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्नेभएका हो ।

बेलायतको चर्चित म्यागजिन द सन्डे टाइमसका अनुसार टप टेन बेस्ट सेलर किताबहरु मध्येमा एक हुन् निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ । विभिन्न म्यागजिनमा किताबको बारे राम्रो समिक्षा गरिएको छ । अमेजन र गुडरिड्स जस्ता साइटहरुमा पनि किताबले ४.५ को रेटिङ पाएका छ । हालसम्म यो पुस्तक फ्रेन्च, बुलगेरियन, इटालियन, स्पेनिस, पोलिस, रसियन र अग्रेंजीलगायत ७ वटा भाषामा प्रकाशित भइसकेको छ । ३२० पृष्ठको यो पुस्तक नोभेम्बर १२, २०२० को दिन विश्वबजारमा आएको थियो ।

निर्मल पुर्जा नेपालको म्याग्दी जिल्ला, अन्नपूर्ण गाँपालिका–३, दाना भन्ने ठाँउमा सन् १९८३ मा जन्मिएका हुन् । ब्रिटिस सेनामा १६ वर्ष काम गरेका निर्मलले १० वर्ष युके स्पेशल फोर्सेस (यूकेएसएफ) मा बताए ।

पुर्जा एक कीर्तिमानी हिमाल आरोही हुन् । उनले ७ महिनाभन्दा कम अवधि (१८९) दिनमा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका हुन् ।

उनी सन् २०१२ डिसेम्बरबाटनै हिमाल चढ्न सुरु गरेका थिए । सगरमाथा चढ्दा ट्राफिक जामले सात घण्टा कुर्नुपरेको बताउन उनले त्यहाँ खिचेको भिडको तस्बिरले संसारको ध्यान खिचेको थियो । उनले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार समेत गरेका थिए । उनले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमै चढेका थिए ।

पुर्जा सन् २०१९ को एप्रिलमा हिमाल चढ्ने अभियान शुरू गरेका थिए र मेमा सगरमाथा चढेका थिए । उनी ८ हजार मिटरमाथिका १४ वटै हिमाल आरोहण गर्ने भने ४४ औं आरोही हुन् । पुर्जा यी सबै हिमाल चढ्ने नेपालीहरूमा पाँचौँ र गैरसेर्पा नेपालीमा पहिलो हुन् । ’असम्भवलाई सम्भव बनाउनु र मानवको सीमिततालाई अर्को तहमा पु¥याउनु नै हाम्रो एक मात्र लक्ष्य थियो’ पुर्जाले आफ्नो ट्विटरमार्फत् भनेका थिए ।

बेलायतको Hodder & Stoughton निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ किताब नेपाली भाषामा प्रकाशन हुनेनिर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ किताब नेपाली भाषामा प्रकाशन हुनेप्रकाशन गृहले ’बियोण्ड पसिबल’ पुस्तक अंग्रेजी भाषामा पहिले प्रकाशन गरिसकेको छ । पुस्तकमा पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण ७ महिनाभन्दा कम अवधिमा गरेका कुरा उल्लेख गरिएको छ । पुस्तकमा उनले लेखेका छन्, ’म सात महिनाभन्दा कममा चौधवटा पर्वतहरु चढ्छु भन्दैगर्दा मान्छेहरु म माथि हाँसे । जबकी सगरमाथा र धौलागिरी जस्ता हिमालहरु म पहिल्यै चढिसकेको थिए । तर २०१९ मा म चौधवटै हिमालहरुको सफल आरोहण पछि जीवितै फर्किए । असम्भवलाई सम्भव बनाएर देखाए ।’

’वी रिड’ प्रकाशन गृहले हालसम्म ३५ वटा किताब प्रकाशन गरिसकेको छ । प्रकाशन गृहबाट जनक सापकोटाको ’कहर’, अनिल चित्रकारको ’अघि बढौँ’, जग्दिश्वर पाण्डेको ’विश्व टी २०का सारथीहरू’, नरेन्द्र राज पौडेलको ’सीडीओका १७ वर्ष’ जस्ता पुस्तकहरू प्रकाशित भइसकेको छ । ’वी रिड’ को नयाँ पुस्तकहरूः सन्तोष रिमाल र शरद चिरागको ’कर्मठ नेपाली’, कमला ह्यारिसको ‘The truth we Hold’ को नेपाली अनुवाद र राजु अधिकारीको ’सत्य शक्ति’ बजारमा आउन लागेको छ ।