१२ श्रावण २०८३, मंगलबार

सिभिल क्यापिटल मार्केटमा डिम्याट रजिस्ट्रेसन र नविकरण निःशुल्क



काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकको सेवा सुविधा र आवश्यकतालाई मध्य नगर गरी नयाँ अफर संचालनमा ल्याएको छ । आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिष्टे्शन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क तथा मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैयाँ लिने भएको हो ।

त्यसैगरी पीएमएस कर्पोरेट सल्लाहकार सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिक झनकराज ढुंगेलेले बताए । पीएमएस कर्पोरेट सल्लाहकार सेवामा मिति २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निष्कासन , निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य, शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

शुरुदेखि हालसम्म आईपीओ ३० वटा, आरटिएस ३५ वटा, राइट शेयर ३२ वटा, लिलामी शेयर २० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ । निकट भविष्यमा नै सामुहिक लागानी कोष शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंक लिमिटेडको सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए । यो योजना यहि २०७९ साल बैशाख ११ गते आइतवारबाट लागु हुनेछ ।

संस्थाले सन्ध्याकालिन सेवाको समेत संचालन गरिरहेको छ । साथै , आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दुर्त गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिन पनि गइरहेको प्रमुख कार्यकारी अधिकृतले बताए ।