प्रतिकित्ता १५० रुपैयाँमा सिटिजन्स बैंकको १८ हजारभन्दा बढी कित्ता शेयर बिक्रीमा, क–कसले आवेदन पाउँछ ?
काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले १८ हजार ८४३ कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रएी गर्ने भएको हो ।
बैंकको उक्त शेयरकोको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिाऐ छ । उक्त शेयर बिक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको हो ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्री खुला गर्दा आवेदन नपरेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि उक्त शेयर बिक्री गरेको हो । इच्छुक खरीद कर्ताहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्नेछ ।













