सिटिजन्स बैंकको ४४ हजार ४१५ कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशन लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४४ हजार ४१५ दशमलव ४४ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनी यम बहादुर खत्रीको नाममा रहेको २६ हजार २४३ कित्ता प्रतिकित्ता न्यूनतम १४३ रुपैयाँ र प्रदीप पौड्यालको नाममा रहेको १८ हजार १७२ दशमलव ४४ कित्ता प्रतिकित्ता न्यूनतम मूल्य १६० रुपैयाँमा बिक्री गर्ने लागेको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरि सूचना प्रकाशित भएको मिति (जेठ २२ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ काठमाडौं आवेदन दिन सक्नेछन् ।
साथैं, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













