सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन ।

सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजारमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै यस खातामा साँवा रकमको ८० प्रतिशत सम्म ऋणपनि लिन सकिनेछ । यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ ।

आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्