सिद्धार्थ बैंकले पायो ४ अर्बको ऋणपत्र जारी गर्ने अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई ऋणपत्र निष्कासनको अनुमति पाएको छ । शुक्रबार नियामक निकाय सेबोनबाट बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको हो ।
सेबोनले आज सिद्धार्थ बैंकलाई ‘एसबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो । सेबोनको अनुमतिसँगै अब सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ । जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको ऋणपत्र जारी गर्नेछ ।
निष्कासन गरिने कुल ४० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन् । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।













