प्राइम बैंकको शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको हो ।
बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएका थिए । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।
सो समयभित्र कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।













