नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले मर्जरमा जाने गरेसँगै नेप्सेले दुवै बैंकको शेयर कारोबार आजदेखि रोक्का गरिदिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच जेठ २७ गते एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार आजदेखि रोक्का गरिदिएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको थियो ।हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ ।















